आन्दोलनरत किसानले गरे आत्महत्या, आन्दोलन थप चर्काे बन्दै

भारतको राजधानी दिल्लीको बोर्डरमा चलिरहेको किसान आन्दोलनका क्रममा एक किसानले आत्महत्या गरेका छन् ।  दिल्ली–यूपी बोर्डरमा आन्दोलनरत किसानले आत्महत्या गरेका हुन् । आत्महत्यापछि प्रदर्शनमा रहेका किसानहरु थप आक्रोशित बनेका छन् । यूपी गेटमा किसान सरदार कश्मीर सिंहले फाँसी लगाएर आत्महत्या गरेका हुन् । उनले शौचालयभित्र फाँसी लगाएका थिए ।  घटनास्थलबाट सुसाइड नोट पनि प्राप्त भएको छ । सुसाइड नोटमा आफ्नो अन्तिम संस्कार नाती र बच्चाको हातबाट दिल्ली–यूपी बोर्डरमै गरिदिन उल्लेख गगरेका छन् । मृतकका परिवार किस...