गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

पोखरा। प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्ययोजना तय गरेको छ।जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक र रणनीतिक कार्ययोजना तय गरेको हो। उक्त लोगो निर्माणका लागि प्रदेश खेलकूद परिषद्ले खगेन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। प्रदेश खेलकूदका सदस्यसचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो र रणनीतिक कार्ययोजना सार्वजनिक गरेका थिए।

सम्बन्धित सामग्री

गण्डकी प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिक

प्रदेश खेलकूद परिषद् गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ । जुममार्फत आज सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकूद परिषद्को लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरिएको हो ।  लोगोमा मूल रुपमा चार विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवका रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतीक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतीकात्मक सङ्केतलाई एकाकार गरी प्रदेश खेलकूद परिषद्को लोगो परि...