दी हन्ड्रेड क्रिकेटमा सन्दीप अनसोल्ड

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् । सन्दीप दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् । उनलाई कुनै पनि टिमले बोली लगाएनन् । लण्डनमा मंगलबार आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोली किन्न मानेनन् । गत सिजन भने सन्दीप ओभल इन्भिन्सिबलमा आवद्ध थिए । सन्दीप भिसाको समस्याका कारण प्रतियोगिता खेल्न गएनन् ।