प्रदेश २ सरकारको ३ वर्ष पूरा भएको अवसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री राउतले सङ्घीय सरकारको असहयोगका बाबजुद आफ्नो कार्यकाल सफल रहेको दाबी गरे । देशमा सङ्घीयता र प्रदेश २ सफल भए मात्रै सङ्घीयताको रक्षा हुने बोल्दै मुख्यमन्त्री राउतले सङ्घीयता संस्थागत गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराए।