काठमाडौं : भरतपुर अस्पतालको बहिरंग सेवा विभाग र रुटिङ अपरेसन सेवाहरु बन्द भएको छ। अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरु कोभिड-१९ बाट संक्रमित भई उपचाररत तथा आइसोलेसनमा रहेको भन्दै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
आइतवारदेखि लागू हुने गरी सामान्य बहिरंग सेवा विभाग (जीओपीडी) र रुटिङ…