काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले घटेको छ। कारोबारको सुरुवाती समयदेखि नै घट्न थालेको परिसूचक २८ सय अंकमा आएर रोकिएको छ। यसक्रममा आज नेप्सेमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भई एक करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक बढेर ३ हजार पुगेपछि २८ सय बिन्दुमा आएर रोकिएको छ।