काठमाण्डाै - उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेपछि पहिलोपटक प्रतिक्रिया दिँदै नेता किमले देश अमेरिकासँग वार्ता र सङ्घर्ष दुवैका लागि तयार रहनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा किमले देशको गौरवको रक्षा र स्वतन्त्रका लागि देश तयारी अवस्थामा रहने पनि बताउनुभएको खबरमा उल्लेख छ । उत्तर कोरियामा शान्तिपूर्ण वातावरण र सुरक्षाको प्रत्याभूतिका लागि अमेरिकासँग वा...