सय किसान अभियान लिएर हरियाणामा सुमार्गी

हेटौंडा : उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी सय किसान अभियानलाई लिएर भारतको हरियाणा पुगेका छन्।सुमार्गी केन्द्रको सय किसान अभियानलाई राष्ट्रव्यापी बनाउने र कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिन भारतको हरियाणा पुगेका हुन्। उनले सय किसान अभियानमार्फत नेपालको कृषि उत्पादनलाई औद्योगीकरण गर्ने योजना बोकेर देशव्यापी अभियान चलाइरहेका छन्।सोही क्रममा उनले कृषि उत्पादनलाई औद्योगीकरणमार्फत बजारीकरण समेत गर्न सफल भएको भारतको हरियाणामा रहेको एमएसजी ब

सम्बन्धित सामग्री

कृषकलाई प्रोत्साहन र जीवनस्तर उकास्न सय किसान अभियान : अरुणराज सुमार्गी

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत  कृषि उद्यम तथा अनुसन्धान केन्द्रले एक सय किसान अभियान यात्रा सुरु गरेको छ।  मोरङ, धनकुटा,  भोजपुरलगायतका जिल्लामा १०० किसान अभियान यात्रा सुरु भएको छ। यात्रा उत्साहजनक भएको केन्द्रले जनाएको छ। केन्द्रलगायत जिल्लाका अन्य समितिले पनि नेपालको कृषिमा लगानी गर्नु र प्रविधि भित्र्याउनाले नेपालमा कृषिप्रतिको आकर्षणलाई केन्द्रित गरेको केन्द्रका सभापति अरुणराज सुमार्गीले जानकारी दिए। लागत कम गर्ने र सजिलो छिटो काम हुने प्रविधि

सय किसान अभियानः सुमार्गी नेतृत्वको टोली पूर्वी नेपालको भ्रमणमा

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी नेतृत्वको टोली पूर्वी नेपालका जिल्लाको भ्रमणमा निस्किएको छ । केन्द्रको ‘सय किसान अभियान’ अन्तर्गत सुमार्गी नेतृत्वको टोली अवलोकन भ्रमणमा निस्किएको हो ।टोलीले धरानको रंगेली नगरपालिकास्थित खोरिया कृषि फार्म, धरान कृषि बजार र चिस्यान केन्द्र, कृषि उद्यम संघ भोजपुर, आमचोक गाँउपालिकास्थित राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि फार्मको अवलोकन गरेको छ । केन्द्रका सभापति सुमार्गीका अनुसार सय किसान अभियानलाई पूर्वी नेपालका जिल्लाबाट सुरु गरेर देशैभर विस्तार गरिने बताएका छन् । उनले सय किसानलाई आवद्ध गराएर किसान र उद्यमीको प्रतिस्पर्धी क्षमता बढाउन सार्वजनिक–नीजि साझेदारीको अवधारणा अनुसार केन्द्रले गतिविधि सञ्चालन गर्ने बताए । व्यवसायिक तथा प्राविधिक ज्ञान, उत्पादनमा सहजीकरण, व्यवसायिक योजनाको विकास र विस्तार तथा बजारीकरणमा केन्द्रले सहजिकरण गर्ने लक्ष्य राखेको छ ।