नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिनुभएका रक्षामन्त्री डा. मिनेन्द्र रिजाल सो पदमा पराजित हुने लगभग निश्चित भएपछि मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । मन्त्री डा रिजालले महामन्त्रीको मतगणनाको प्राम्भिम मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो । …