गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ मा

लेखनाथ : गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन यही पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  अधिवेशनअघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउ