एजेन्सी। नाटोको खतरा वृद्धि दाबी गर्दै यो वर्ष पश्चिमी भेगमा २० सैन्य इकाई बनाउने रुसले घोषणा गरेको छ। रक्षामन्त्री सेर्गेई सोग्युले शीर्ष सैनिक अधिकारीहरुसँगको बैठकमा यस्तो घोषणा गरेका हुन्। रुसी सीमानजिक अमेरिकी बमवर्षक विमान उडान वृद्धि, नाटोका जंगी जहाज तैनाथजस्ता क्रियाकलापले गठबन्धनले सैन्य अभ्यास सघन बनाएको संकेत मिल्ने सोग्युले बताए।