चैनपुर : बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। यस्तै १६ जना यात्रु घाइते भएका छन्।घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ।सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका २ तर्फ गइरहेको जीप बुधबार दिउँसो दुर्घटना भएको हो। जीप सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेर क्षति