सिरहा । जिल्लाको लहान नगरपालिका ७ दुर्गा मन्दिर क्षेत्रमा अवस्थित सुनचाँदी बजार अनिश्चितकालका लागि सिल गरिएको छ। एकै परिवारका ४ जनामा कोरोना पुष्टि भएपछि आजदेखि बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको हो । लहान नगरपालिका ७ का वडाअध्यक्ष राकेश रोशन गुप्ताले सुनचाँदी व्यवसाय गर्दै आएका एकै परिवारका ४ जनामा सोमबार कोरोना पुष्टि भएपछि बजार क्षेत्र सिल गरिएको बताए । लहान ७ मा पर्ने पुरानो बजारको दुर्गा मन्दिर क्षेत्रदेखि शिव चोकमा अवस्थित एलईडी एरियासम्म अर्को सूचना प्रकाशि