बर्दियामा ५ पालिकामा कांग्रेस अगाडी

काठमाडौं । बर्दियाका विभिन्न गाउँ र नगरपालिकामा शुक्रबार सम्पन्न स्थानीय तहको मतदानको मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तह मध्ये ५ वटामा नेपाली कांग्रेस,२ वटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले अग्रता लिएका छनु । गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । त्यसैगरी […]

सम्बन्धित सामग्री

बर्दियामा कांग्रेस पाँच, माओवादी दुई र एमाले एक पालिकामा विजयी

बर्दिया - बर्दियामा मतगणना सम्पन्न भएको छ । ६ नगरपालिका, दुई गाउँपालिका गरी आठवटा पालिका रहेको ७५ वडामा स्थानीय तहको अन्तिम मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।  आठ पालिकाअन्तर्गत पाँचवटा पालिकामा नेपाली कांग्रेस, दुई स्थानमा नेकपा माओवादी केन्द्र र एक पालिकामा नेकपा एमाले विजयी भएको जिल्...

बर्दियामा काँग्रेसको अग्रता

जिल्लाको आठ पालिकामा दुई वटा वडाको मतगणनामा पाँच पालिका प्रमुखपदमा काँग्रेसले अग्रता लिएको हो

बर्दियामा ७२ प्रतिशत मत खस्यो

बर्दिया । बर्दिया जिल्लामा ७२ प्रतिशत मत खसेको छ । जिम्लाका ८ वटै पालिकामा मतदान ७२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत लोक जंग शाहले जानकारी दिनुभयो । जिल्लाका ६ नगरपालिका मध्य गुलरियामा ७५, ठाकुरबाबामा ७२, बारबर्दियामा ७२, बासगढि ७१, मधुवनमा ७१, राजापुरमा ७२, बढैयाताल गाउँपालिकामा ७३ र गेरुवा गाउँपालिकामा ७० प्रतिशत मत खसेको जिल्ला […]

निर्वाचनका लागि बर्दियामा ५ हजार ८ सय कर्मचारी परिचालन

बर्दिया । बर्दियामा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी ५ हजार ८ सय १ जना कर्मचारी परिचालन भएका छन । प्रमुख जिल्ला अधिकारी बर्दियाका बन्धु प्रसाद बास्तोलाले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी ३ हजार १ सय १ जना परिचालन भएका […]

बर्दियामा उम्मेदवारको किचलोः ठूला दलभित्रै विद्रोहीको चाङ

जिल्लाको स्थानीय तहको चुनावी मैदानमा सफल भएका ठूला दल (नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र) भित्रै टिकट नपाएका नेता तथा कार्यकर्ता बागी उम्मेदवार बन्दा विद्रोहीको चाङ देखिन्छ। यसअघिको स्थानीय तहको निर्वाचनमा आठ वटा पालिकामा तीन–तीन पालिका...

बर्दियामा स्थानीय तहको निर्वाचनमा पुरानै अनुहार

बर्दिया । स्थानीय तहको निर्वाचनमा बर्दियाका ८ वटै गाउँपालिकामा विभिन्न दलले उम्मेदवारी दर्ता गरेका छन । पाँच वटा पालिकामा पुरानै जनप्रतिनिधिहरुले उम्मेदवारी दिएका छन । गुलरिया, ठाकुरबाबा नगरपालिकाको प्रमुख, राजापुर नगरपालिको उपप्रमुख र बढैयाताल तथा गेरुवा गाउँपालिकाका अध्यक्षहरुले आ–आफ्ना दलहरुबाट पुनः उम्मेदवारी दर्ता गराएका हुन् । ठाकुरबाबा नगरपालिकामा नेकपा एमालेबाट पूर्व नगर प्रमुख घननारायण श्रेष्ठले […]

बर्दियामा एमालेले छान्यो उमेद्‍वार, मनोनयन दर्ता भोलि

११ वैशाख, बर्दिया । नेकपा एमाले बर्दियाले ८ ओटै पालिकामा उमेद्वारको टुंगो लगाएको छ । एमाले लुम्बिनी प्रदेश कमिटीले नगरपालिकाको मेयर उपमेयर र गाउँपालिकाको अध्यक्ष उपाध्यक्षको टुंगो लगाएको हो । जिल्लाका ८ स्थानीय तह मध्ये ६ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेका छन् । एमाले जिल्ला अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गुलरिया नगरपालिकाको मेयरमा अमरबहादुर […]

बर्दियामा एमालेले टुंग्यायो उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि बर्दियामा एमालेले आठवटै पालिकामा उम्मेदवारको नाम टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ ।

स्थानीय निर्वाचन : बर्दियामा यस्तो छ चुनावी हिसाब-किताब

गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने वैशाख ३० को स्थानीय तह निर्वाचनमा बर्दियामा सत्ता गठबन्धन दल बलियो देखिएको छ । ८ वटा पालिका भएको बर्दियामा गत निर्वाचनमा काँग्रेसले दुई वटा पालिका , माओवादी केन्द्रले ३ वटा पालिका र  एमालेले  पनि तीन वटा पालिका जितेको थियो ।माओवादी केन्द्रले जितेको तीन वटा पालिका मध्ये दुई वटा पालिकामा एमाले निकटतम प्रतिद्वन्द्वी थियो ।  अर्कोमा काँग्रेस थियो ।  त्यस्तै काँग्रेसले जितेको दुई वटा मध्ये एउटामा माओवादी र अर्कोमा एमाले निकटतम

बालविवाह रोक्न ४० विद्यालयमा कार्ययोजना बनाइँदै

बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेसनलको आर्थिक सहयोगमा बाँकेको युनेस्को क्लबले बर्दियाका ८ वटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तर्क्रिया कार्यक्रम शुरू गरेको छ । माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको शिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर...