उपचारमा ढिलाइ गर्नेलाई छुट छैनः प्रधानमन्त्री

काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमित उपचारमा ढिलाइ गर्ने ‘जो कसैलाई छुट नभएको’ बताएका छन् । जनजीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको उनले बताएका हुन् । कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समिति अध्यक्षसमेत रहेका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री सुगा र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता

जापानी प्रधानमन्त्री योशिहिदे सुगा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीले भेटघाटमा बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ । वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आआफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग …

देउवालाई प्रधानमन्त्री बनाउने परमादेश राष्ट्रपति र प्रधानमन्त्री कार्यालय पठाइयो

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ। अदालतको शाखा अधिकृत नेत्रबहादुर माझीले पत्र काटेर राष्ट्रपति  र प्रधानमन्त्री कार्यालयमा पत्र पठाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।दुई दिनभित्र देउवाको ७६(५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न प

प्रधानमन्त्री बन्ने ईच्छाले देउवाले लोकतान्त्रिक मार्ग छाडेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही कांग्रेस सभापति शेरबहादुर देउवाको फेरि प्रधानमन्त्री हुने उत्कष्ट ईच्छाले लोकतान्त्रिक मार्ग नै छाडेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा उनले यो कुरा नेपाली काँग्रेसले अलि पछि बुझ्ने उल्लेख गरे। “जनताको भरोसा छाड्ने र जाली फटाहा टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्ने बाटो समाए। संसद र जनताबाट भए हुन्थ्यो अन्तैबाट हुन खोजे”, प्रधानमन्त्रीले भने।

म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनुः प्रधानमन्त्री ओली

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने अहिले नै नचिताउन भनेका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा बोल्दै उनले आफू नै प्रधानमन्त्रीमा रहने संकेत समेत गरे । ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु ।’ ओलीले सरकार जस्तो बनेपनि जे बनेपनि कोरोना […]

प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भयो : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार

काठमाडौं। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच चार-बुँदे सम्झौता भएको समाचारमा देखाइएको पत्रमा प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग भएको उनले प्रष्ट पारे। प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग गरी भ्रमपूर्ण प्रचार गरेको भन्दै उनले निन्दा गरे। विदेश मामिला जस्तो संवेदनशील विषयमा यस्तो खेलबाडप्रति सचेत रहन उनले आग्रह गरे।

प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका मारियो ड्राघीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।   प्रधानमन्त्री ओलीले आज इटालीका आफ्ना समकक्षीलाई एक शुभकामना सन्देश पठाउनु हुँदै त्यहाँका जनताको शान्ति र समृद्धिको कामना गरेका छन् ।  प्रधानमन्त्रीले दुई देशका बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप विस्तार हुने विश्वास व्यक्त गरे । उनले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्...

प्रधानमन्त्री ओलीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।नवनियुक्त प्रधानमन्त्री काल्लासलाई आज पठाउनुभएको बधाई सन्देशमा उनले इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका साथै युरोपेली सङ्घको संयन्त्रमार्फत इस्टोनियासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपालको चाहना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

म कामचलाउ प्रधानमन्त्री होइन, प्रचण्डको चरित्र अस्थिर छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमा कामचलाउ प्रधानमन्त्रीको प्रावधान नै नरहेको बताएका छन्। भारतीय संचारमाध्यम विअन न्यूजसँग कुरा गर्दै ओलीले आफू काम चलाउन नभएको प्रतिक्रिया दिएका हुन्। विअन न्यूजकी पल्की शर्मा उपाध्यायले तपाई प्रधानमन्त्री कि कामचलाउ प्रधानमन्त्री भन्ने प्रश्नमा ओलीले भने, ‘म प्रधानमन्त्री हुँ, कामचलाउ होइन। कामचलाउ प्रधानमन्त्रीको…