सावित्रीले भनिन्-अदालतको फैसला स्वीकार्य, बालकृष्ण ढुंगेलको धम्की ‘नोटिस होस्’

१५ जेठ, काठमाडौं । युद्धकालमा मारिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले बालकृष्ण ढुंगेलको सजाय माफी सन्दर्भमा अदालतको फैसला स्वीकार्य हुने बताएकी छन् । ढुंगेल रिहा भएलगत्तै अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले यो प्रकरण अदालतमा पुगेकाले अदालतले जे भन्छ आफूलाई मान्य हुने बताइन् । उज्जन हत्याविरुद्ध अदालत पुगेर ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय दिलाउन सफल …