काठमाडौँ। सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये सङ्घीय संसद्को तेस्रो अधिवेशनदेखिकै विधेयकहरु पनि अड्किएर रहेका छन् । प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक विचाराधीन रहेका छन् । यस अधिवेशनमा दुवै सदनबाट विनियोजन विधेयक, २०७९ सहित बजेटसँग सम्बन्धित र अन्य गरी छ […]