हेर्नैपर्ने आजका प्रमुख ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपाली संघसँग आग्रह गरेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेपछि आफुविरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्। विप्लव समूहका कार्यकर्ताको मुद्दा फिर्ता कानुनी प्रक्रियाबाटै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्।