काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट आ.व.२०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने र ०.३९३६ प्रतिशतको हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको कम्पनीले जनाएको छ । आगामी वर्षदेखि यो आयोजना संचालनमा आउने पनि कम्पनीले विज्ञप्ती मार्फत जनाका