बालिका अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहट : बालिका अपहरण गरी अभिभावकसँग फिरौती माग गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ४ वर्षीया बालिका अपहरण गरी २० लाख रुपैयाँ फिरौती माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। ईशनाथ नगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसेन पक्राउ परेका हुन्। हुसेनले बिहीबार साँझ बालिका अपहरण गरी उनका पितालाई फोन गरेर २० लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन भनेका थिए। उनले घटनाबारे कसैलाई जानकारी गराए बालिकालाई मारेर फालिदिने धम्की दिएका थिए।प्रहरीले यो घटनाबारे जानकारी पाएसँगै हुसेनको  ख