काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिएका हुन् । उनले विकास र समृद्धिका साथै […]
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ । सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नागरिकलाई टिनको छानो फेर्न रु १५ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु १२ लाख ८५ हजार […]
काठमाडौं– युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १४ औँ जन्मजयन्ती, उनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ । सो क्रममा प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित उनले नेपाली साहित्यमा पुर्याएको सिर्जनात्मक र क्रान्तिकारी योगदान बारे […]