५० वर्ष नाघेका नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क गर्ने सरकारको निर्णय

सरकारले ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको मृगौला, कलेजो, मुट लगायत अन्य रोगसम्वन्धी परिक्षणहरु निशुल्क गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुको लागि यस्तो परिक्षण  नियमित रुपमा वर्षको एकपटक निशुल्क रुपमा गर्ने निर्णय गरेको छ । यसको लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव अघि सारेको थियो । त्यस्तै बैठकले जेष्ठ नागरिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयले राखेको प्रस्तावलाइृ समेत स्विकृत गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको छ । मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि मृत्यु पश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका छन् ।  स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी मन्त्री खतिवडाले यस्तो घोषणा गरेका थिए । मन्त्रीलाई साथ दिँदै मुख्य सचिव शंकरदाश बैरागीले पनि अंगदान गर्ने घोषणा गरेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

१० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकरले १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी द...

१० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकरले १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी द...

ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने सरकारको निर्णय

काठमाडौं : ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने सरकारले निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए।मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए।'५० वर्ष भन्दामाथि उमेरका नागरिकहरूको मिर्गौला, कलेजो, मुटुलगायत अन्य रोगसम्बन्धी परीक्षण सरकारले नियमित रुपमा वर्षको एकपटक निःशुल्क रुपमा गर्ने

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।