बैंकहरूले नै सीसीडीमा जरिवानाको व्यवस्था गर्न नेका हुन्

तत्कालीन नेपाल अरब बैंकबाट ३४ वर्षअघि बैंकिङ करिअर सुरु गरेका अशोकशमशेर राणा पछिल्लो समयमा सुरक्षित प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने योजनामा छन् । विगतमा बैंकिङ क्षेत्रको प्रविधिमा देखिएको सुरक्षाको समस्या न्यूनीकरण गर्नुपर्ने बताउने राणा विगत ११ वर्षदेखि प्रमुख कार्यकारीका रूपमा हिमालयन बैंकमा काम गर्दै आएका छन् ।