काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारबाही नगरिएकोमा अपत्ति जनाएको छ । एमालेले सरकारको ६ महिनाको मूल्यांकन गर्दै जारी गरेको वक्तव्यमा आपत्ति जनाइएको हो ।
“संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन र पीडितहरूलाई न्याय दिलाउन अनिच्छुक गठबन्धनका नेताहरू गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई पनि ढाकछोप गर्न...