काठमाडौं । गत विहीबार संसदीय समितिले नेपाली सेनालाई छलफलका लागि बोलाएर फास्ट ट्रयाकको ठेक्का रद्द गर्न निर्देशन दियो । सेनाले लगाएको सो ठेक्काबारे समितिमा नेपाली सेनाका अधिकृत र सांसदहरुबीच गर्मागर्मी बहस भयो । तर, समितिले ठेक्का रद्द गर्न निर्देशन दिएको तीन दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिमाथि खनिएका छन् ।मिनी संसद मानिने संसदीय समितिहरुलाई प्रधानमन्त्री ओलीले विकासका कामहरु अवरुद्ध नगर्न सचेत गराए । शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अन्ध