काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले युरोपियन सुपर लिगको ‘च्याटर क्लोज’ भएको बताएका छन्। सुपर लिगमा सहभागिताका लागि सहमति जनाउने १२ क्लबमध्ये सिटी पनि एक हो। तर सिटीसहित युरोपका ९ क्लबले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन्। पछिल्लो चार सिजनमध्ये तेस्रो पटक उपाधि नजिक रहेका ग्वार्डिओलाले भने, ‘‘हामी किन यो स्थानमा छौं भन्ने बुझ्नुपर्छ। सुपर लिगको च्याप्टर क्लोज भइसक्यो।’’