विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालमा  २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।झापाका ५५ वर्षीय पुरुष र मोरङ कटहरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।अस्पताल प्रबन्धक नारायण दाहालले गएराति उनीहरु दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताए । झापाको ती पुरुषलाई चार दिन अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या समेत रहेको थियो । त्यसैगरी, कटहरीका संक्रमित पुरुष तीन दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नाको क्रममा नै उनमा  निमोनियाको संक्रमण रहेको थ

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।