चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले अवलोकन गरेका छन् ।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि निर्माण शुरू गरेको रंगशालाको काम अहिले अलपत्र छ ।
आर्थिक संकटका कारण धुर्मुस–सुन्ततीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता देखाएको छ । रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरकी मेयर रेणु दाहालले बिहीवार सर्वपक्षीय अन्तर्क्रिया राखेकी छन् । अन्तक्र्रियामा म...