महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छूट

काठमाडौं  । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका ग्राहकले काठमाडौंमा अवस्थित अरोगिन हेल्थ केयरमा ५ देखि ४५ प्रतिशत, बुइगल लाउन्ज एण्ड बारमा १५ प्रतिशत, एलो हात्तीका सेवामा १० प्रतिशत र बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन (मैतिदेवी)का सेवामा १० प्रतिशत छूट पाउने बताइएको छ । त्यस्तै इटहरीको होटल पाथिभरा इन्टरनेशनलका सेवामा १० प्रतिशत र इटहरीकै बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवामा १० प्रतिशत छूट पाइने बैंकको भनाइ छ ।