तीन दिनमा खुस्कियो ‘रअ’सितको भाइरल ‘सहमति’को पोल, माफी माग्दै धमाधम हटाइए समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुखसित चार बूँदे सहमतिमा हस्ताक्षर गरेको दावी गर्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको पत्रको पोल तीन दिनमै खुलेको छ। यो पत्रसहितको पहिलो ‘समाचार’ बनाउने उज्यालोनेटवर्कले माफी माग्दै भूलसुधार भन्दै समाचार हटाइसकेको छ। साभार गर्ने अरुले पनि धमाधम हटाउन थालेका छन्। भएको के थियो? ‘उज्यालो नेटवर्क’ नामको अनलाइनमा वैशाख [...]