काठमाडौँ । माओवादीको कारवाहीमा परेर राष्ट्रियसभा सदस्य पद गुमेपछि आइतबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलको गृहमन्त्री पद केही घण्टाका लागि खोसियो । बिहान बादल हटेर काठमाडौंको आकाश पनि सफा देखिएको थियो । साँझ पर्दै गएपछि आकाश बादलले ढाक्यो र मेघ गर्जनसहित पानी पर्न थाल्यो ।बिहान पदमुक्त भएका थापा बेलुका शीतलनिवासमा सपथग्रहण गरेर पुनः गृहमन्त्रीको कुर्सीमा बसे । अब उनी कात्तिकसम्म मन्त्री बन्न पाउनेछन् । कमाण्डरको भूमिकामा दश वर्षे युद्धमा होमिएका ‘बादल’ गणतन्त्