एक हप्तामा दुई ओटा बैंक धराशायी बनेपछि बैंकिङ क्षेत्रमा कीर्तिमानी स्तरमा कर्जा प्रवाह गर्दै फेड

काठमाडौं । गएको एक हप्तामा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले नगद अभाव भोगिरहेको घरेलु बैंकहरूलाई ३ खर्ब डलर जति कर्जा दिएको छ । यसको झन्डै आधा अर्थात् १ खर्ब ४३ अर्ब कर्जा भने हालै धराशायी बनेका दुई अमेरिकी बैंकहरू सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकका होल्डिङ कम्पनीलाई दिइएको छ । बाँकी आधाभन्दा धेरै रकम कसलाई दिइयो भन्ने फेडले खुलाएको छैन । अमेरिकाको संघीय निक्षेप बीमा कर्पोरेशन (एफडीआईसी)ले असफल भएका सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकका निक्षेपकर्ताहरूको पैसा फिर्ता गरिदिन होल्डिङ कम्पनी खोलेको थियो । यो पैसा निक्षेपको बीमा नभएका निक्षेपकर्ताहरूलाई दिइनेछ । बैंकसँग भएको ऋणपत्रलाई धितोमा राखेर फेडले सो कर्जा दिएको थियो ।  धितो कर्जा तिरिदिने ग्यारेन्टी एफडीआईसीले गरेको फेडको भनाइ छ । बैंक धराशायी भएपछि फेडले बैंकिङ क्षेत्रलाई टेवा दिन अनि यसको असर अन्यत्र पोखिन नदिन अभूतपूर्व स्तरमा वित्तीय टेवा दिएको छ । गएको हप्ताको बैंक असफल भएयता बैंक अफ अमेरिका जस्ता ठूला बैंकहरूले साना बैंकहरूबाट तरलता पाइरहेको खबर पनि आएका छन् । बैंकले ‘डिस्काउन्ट विन्डो’ भनिने लामो अवधिको कर्जा कार्यक्रमबाट ३ खर्ब डलर प्रवाह गरेको हो । फेडले यसअघि भने यो कार्यक्रममार्फत एक हप्तामा ४ देखि ५ अर्ब डलर मात्रै जारी गर्ने गरेको थियो । तर, एसभी बैंकको अवसानपछि बैंकिङ क्षेत्रमा व्याप्त संरचनात्मक दरारको असर कम गर्न फेडले कीर्तिमानी स्तरमा कर्जा दिएको छ । आइतवार पनि फेडले अतिरिक्त ११ अर्ब ९० करोड डलरको कर्जा सुविधाको घोषणा गरेको छ । बैंकमा भएको आफ्नो निक्षेप झिक्न निक्षेपकर्ताहरूको भिड लागेर अर्थात् बैंक रन भएर एसभी बैंक र सिग्नेचर बैंक ढलेपछि अवसानको चुरोलाई सम्बोधन गर्न फेडले आकस्मिक कर्जा उपलब्ध गराउने बाटो समातेको हो । गएको वर्षयता फेडले अकासिएको महँगी नियन्त्रण गर्न आक्रामक भएर ब्याजदर बढाउन थालेपछि दीर्घकालीन अवधिका ट्रेजरी बिल र अन्य ऋणपत्रको प्रतिफल बढेका छन् । यसले गर्दा पहिला नै न्यून दरमा किनेको ऋणपत्रमा बैंकहरुले ठूलो घाटा बेहोर्न थालेका छन् । निक्षेपकर्ताहरुले फिर्ता लैजान खोजेको निक्षेपको भर्पाई गर्न बैंकहरूले घाटा खाएरै भए पनि ट्रेजरी बेच्दासमेत पर्याप्त रकम जोहो गर्न सकेका छैनन् । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

कात्तिकमा ३२ अर्ब कर्जा प्रवाह

काठमाडौं। निक्षेप वृद्धिसँगै लगानीयोग्य पूँजी (तरलता) थुप्रिएपछि बैंक, वित्तीय संस्थाहरू कर्जा प्रवाह बढाउन केन्द्रित भएका छन् । दशैं, तिहार, छठलगायत चाडपर्वका कारण आन्तरिक आर्थिक गतिविधि बढेपछि बैंकहरूको कर्जा प्रवाह वृद्धि भएको हो ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार कात्तिकमा मात्र बैंकहरूबाट ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । असोज अन्तिममा बैंकहरूको कुल कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २४ गते हुँदा बढेर ४९ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष (आव) मा मात्र बैंकहरूको कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ बढेको छ । यस अवधिमा निक्षेप भने १ खर्ब ५७ अर्ब रुपैयाँ थपिएको छ । निक्षेप वृद्धिसँगै बैंकहरूले ब्याजदर घटाएर भएपछि कर्जा प्रवाहमा जोड दिएका छन् ।  बैंकहरूसँग लगानीयोग्य रकम (तरलता) अधिक भएपछि उनीहरूले निक्षेप र कर्जाको ब्याजदर घटाइरहेका छन् । कात्तिक २४ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३५ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान छ । यसअनुसार उनीहरूसँग अझै ४ खर्ब ९३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । यसैगरी दशैं, तिहारलगायत चाडपर्वका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकमा नै फर्किएको छ ।  दशैं बिदापछि बैंक, वित्तीय संस्थामा ४८ अर्ब रुपैयाँ थपिएपछि निक्षेप दशैंअघिकै अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार कात्तिक २४ गतेसम्ममा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । यस दिनसम्म वाणिज्य बैंकहरूको निक्षेप ५२ खर्ब ३२ अर्ब रुपैयाँ पुग्दा विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप कायम भएको छ ।  असोज मसान्तमा वित्तीय प्रणालीमा कुल ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंमा बैंकबाट निक्षेप बाहिरिँदा कात्तिक ९ गते निक्षेप घटेर ५८ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको थियो ।  दशैं बिदापछि भने बैंकमा लगातार निक्षेप बढ्न थालेको हो । दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको र उक्त रकम प्रणालीमा फर्किएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । तर, तिहार र छठपर्वका लागि पैसा झिक्नेहरू बढ्दा बैंकको निक्षेप घटेको छ । कात्तिक २३ गतेको तुलनामा २४ गते बैंकहरूको निक्षेप ३ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय विप्रेषण आप्रवाह बढ्दा बैंकहरूको निक्षेपमा सकारात्मक प्रभाव देखिएको छ । असोजमा मात्र १ खर्ब ३६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । यो एकै महीनामा भित्रिएको हालसम्मकै उच्च रकम हो । यसैगरी पर्यटकबाट हुने सेवा आम्दानीसमेत वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । बैंकहरूसँग अधिक तरलता भएपछि अन्तरबैंक कारोबार र टे्रजरी बिल्सलगायत अल्पकालीन ब्याजदर पनि न्यून विन्दुमा झरेको छ । कात्तिक २४ गते औसत अन्तरबैंक ब्याजदर २ दशमलव ८० प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कर्जा प्रवाह बढाऊ

यो वर्ष सुरुका दिनमा निजी क्षेत्रले चाहेअनुसार कर्जा पाउन सकेनन् । बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने पर्याप्त पैसा नभएपछि सजिलै कर्जा पाउने वातावरण बन्ने विषय नहुनु स्वाभाविकै थियो । बैंकहरूले ४ सय अर्बको कर्जा माग भएको बताउँदै आएका थिए । तर, अहिले अवस्था ठीक उल्टो भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम […]

२२७ अर्ब निक्षेप हुँदा १०१ मात्र कर्जा प्रवाह

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून देखिएको छ । बैंकहरूमा तरलता सहजता हुँदै जाँदा कर्जा प्रवाह त्यसैअनुसार बढ्नुपर्नेमा न्यून देखिएको हो । करिब एक वर्षसम्म लगानीयोग्य रकम अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकेका थिएनन् । कतिपय अवस्थामा कर्जाको माग भए पनि दिन नसक्दा बैंकर्ससँग निजी क्षेत्रले […]

नेपाल बैंक सस्तोमा कर्जा प्रवाह गर्न सक्षम छ : कृष्णबहादुर अधिकारी

बैंकिङ इतिहासमा जेठो बैंक नेपाल बैंक लिमिटेड ३० कात्तिकदेखि ८६ वर्षमा प्रवेश गर्दै छ । बैंकिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आएको यसका देशभर २२१ स्थानमा शाखा र ४९ स्थानमा एक्सटेन्सन...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औ वर्षमा प्रवेश

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २१ औं वर्षमा प्रवेश गरेको छ । विगत २० वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको फाइनान्सले २०७८ चैत मसान्तसम्म ७ अर्ब २ करोड निक्षेप तथा ६ अर्ब ११ करोड कर्जा प्रवाह गरी ४ करोड ६ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।फाइनान्सको निस्कृय कर्जा १.१५ प्रतिशत रहेको […]

नक्कली लालपुर्जामा १९ करोड कर्जा प्रकरण

बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घटनामा बैंकिङ कसुर अपराधअन्तर्गत पनि अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिल...

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै, ब्याजदर बढाउन थालियो

निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घट्दै गएको छ । कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप (सीसीडी) अनुपात ८० प्रतिशतको नजिक पुगेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी अनुपात ८५ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको छ । तर, कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न दिइएको नीतिगत सहुलियत लामो समयसम्म निरन्तरता दिन नसक्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बताउँद...