काठमाडौं : विश्वकपका लागि कतारमा रंगशाला निर्माण गर्ने क्रममा नेपालीसहित अन्य धेरै देशका आप्रवासी कामदारले ज्यान गुमाए। यही विषयलाई लिएर यसपटकको विश्वकप विवादितसमेत बन्न पुग्यो। नेपालमा पनि यही विषयलाई लिएर विश्वकपको आलोचनासमेत भयो।
विवादबिच मिस वर्ल्डले ज्यान गुमाएका नेपाली कामदारका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले इन्स्टाग्राममार्फत सहयोग गर्ने जानकारी दिएका…