काठमाण्डौ – यही नोभेम्बर २० अर्थात् मङ्सिर ४ गतेदेखि हजारौँ नेपालीले रगत र पसिना बगाएर बनेका कतारका रङ्गशालामा विश्वकप सुरु हुँदै छ ।
यता नेपालमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका लागि यही दिन मतदान हुनेछ । कतारमा हुने यो विश्वकपसँग धेरै नेपालीको रगत, पसिना र आँसु पनि जोडिएको छ । थुप्रै नेपालीहरूसँग विश्वकपकै लागि बनेका रङ्गशाला निर्माणमा काम गर्दाका निजी अनुभवहरूको सँगालो पनि छ ।
कतारमा रङ्गशाला निर्माणको काममा खटिएर स्वदेश फर्किएका थुप्रै नेपालीले यसपाली देशमा हुने चुनावमा मतदान गर्...