सानेपाबाट बुद्धचित्तको दाना सहित १ जना पक्राउ

ललितपुर । ललितपुरको सानेपाबाट बुद्धचित्तको दाना सहित १ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका– २ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौँ स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका– ९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।