नबिल बैंकका सीईओ ढुंगाना प्रबल जनसेवाश्री पदकबाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन् । लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ढुंगानालाई उक्त पदकले सम्मान गरेका हुन् । बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ भएर काम गरेका थिए । […]