देखिँदैन जुनकिरीको टिमटिम

साँझ उज्यालो छर्दै उड्ने जुनकिरी र भरभर गर्दै उड्ने गाइनेकिरा गाउँघरका खेतबारीमा अचेल कमै देखिन्छन् । यसको मार किसानलाई परेको छ । पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारी बालीमा क्षति हुन थाल्छ । धेरै मानिसलाई अचम्म पनि लाग्न सक्छ, त्यत्रो आकारको शङ्खेकिरा त्यति सानो जुनकिरीको भोजन कसरी बन्छ होला ? विज्ञहरूका अनुसार जुनकिरीको लार्भाले शङ्खेकिरा खाने गर्दछ । लार्भा भनेको किराको प्रारम्भिक र खन्चुवा अवस्था हो । त्यही अवस्थामा जुनकिरीले शङ्खेकिराको लार्भालाई नष्ट पार्ने गर्दछ । लार्भा अवस्था