वैशाख १६ गते विहीबारदेखि काठमाडौँ उपत्यकामा एक साताका लागि जारी गरिएको निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्न थालेपछि वैशाख १३ गते बाँकेबाट निषेधाज्ञा सुरु भएको थियो । अहिले ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक क्षेत्रमा निषेधाज्ञा लागू भइसकेको छ । महामारी तीव्र गतिमा फैलिँदै गएको यो अवस्थामा निषेधाज्ञा कहिलेसम्म जारी रहन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।
कोभिड १९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको छ । यो अवस्थामा स्वास्थ्य सङ्कट गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम छ । महामारीका कारण उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक सङ्कटको संयमतापूर्वक उचित व्यवस्थापन अहिलेको पहिलो आवश्यकता हो । कोभिड १९ महामारीको साङ्लो चुँडाउन र रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी÷निषेधाज्ञा एउटा प्रभावकारी हो । विगतमा केही मुलुकले यसप्रति बेवास्ता गर्दा निकै ठूलो क्षति ब्यहोर्नुपरेको थियो । नेपालमा मात्रै ६० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको र दैनिक सात हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिइरहेको तथा कोरोनाको औषधि