माइक्रोसफ्टले रोक्यो फुल-टाइम कर्मचारीको तलब

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट (Microsoft) ले आफ्ना फुल-टाइम कर्मचारीहरूको तलब रोक्का गरेको छ । उपभोक्ता माग सुस्त र सम्भावित आर्थिक मन्दीको भयबीच विश्वभरका प्रविधि कम्पनीहरूले कर्मचारीको संख्या कम गर्ने वा खर्च घटाउने उपायहरू अपनाइरहेका बेला माइक्रोसफ्टले यो वर्षका लागि सबै फुल टाइम कर्मचारीको तलब रोक्का (Salary Freeze) गर्ने निर्णय गरेको हो ।  आन्तरिक मेमोमा यसलाई कम्पनीका प्रमुख कार्यकारी अधिकारी सत्य नदेल्लाले कृत्रिम बौद्धिकता (AI) लगायत प्रमुख परियोजनामा लगानी गर्न पर्याप्त रकम जुटाउन आवश्यक कदम भएको बताएका छन् । तलब रोक्का गरे पनि अत्यधिक पैसा खर्च नहुने गरी घन्टाका आधारमा काम गर्ने मजदुरहरूको लागि ज्याला दर बढाउन अनि बोनस र बेच्न मिल्ने शेयर दिने कार्यक्रमलाई भने कम्पनीले यथावत् राख्ने बुधवार इन्साइडर फर्ष्टले छापेको समाचारमा उल्लेख छ ।  यो वर्ष माइक्रोसफ्टले कर्मचारीलाई कामबाट निकाल्न शुरु गरेको छ । कर्मचारी निकाल्नेमा माइक्रोसफ्ट मात्रै छैन, फेसबुकको मातृ कम्पनी मेटा (Meta) देखि अनलाइन खुद्रा कम्पनी एमाजन (Amazon) सम्म छन् ।  गएको महीना सार्वजनिक भएको त्रैमासिक तथ्यांकअनुसार गएको त्रैमासमा कम्पनीले अपेक्षा गरिएभन्दा धेरै मुनाफा कमाएको थियो भने विक्री पनि अपेक्षाकृत उच्च थियो । एजेन्सी

सम्बन्धित सामग्री

वीर अस्पतालले रोक्यो हाजिर नगर्नेे ३ सय कर्मचारीको तलब

वीर अस्पतालले हाजिर नगर्ने ३ सय कर्मचारीको तलब रोकेको छ । डाक्टर, नर्स र अन्य कर्मचारीले नियमित हाजिर नगरेको पाइएपछि अस्पतालले तलब रोकेको हो ।

वीर अस्पतालले हाजिर नगर्ने २ सयभन्दा बढी कर्मचारीको तलब रोक्यो

अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले नियमित रुपमा हाजिर नगरेको पाइएपछि अस्पतालले उनीहरुको तलब रोक्का गरेको हो।

वीर अस्पतालले हाजिर नगर्ने २ सयभन्दा बढी कर्मचारीको तलब रोक्यो

अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले नियमित रुपमा हाजिर नगरेको पाइएपछि अस्पतालले उनीहरुको तलब रोक्का गरेको हो।