इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले प्रदर्शनहरू अमेरिकी षड्यन्त्रको परिणाम भएको भनेका छन्। खामेनीले इरानले उक्त षड्यन्त्रको ढाड भाँचिदिएको दाबी गर्दै अब षड्यन्त्रकारीहरूलाई पनि कडा कारबाही गर्नुपर्ने स्पष्ट पारेका छन्।
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि यस अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरबाट सञ्चालन गरिने भएको हो। आज अपराह्न बस्ने पहिलो बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको छ। त्यसैगरी, हालै दिवङ्गत नेपाली […]
नेपाली नागरिकले अमेरिका जान अब पाँच हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको भिसा बन्ड (धरौटी) बुझाउनुपर्ने नयाँ नियम लागु भएको छ, जुन २१ जनवरी २०२६ देखि सुरु हुन्छ।