रेशम चौधरीको आममाफी विरुद्धको मुद्दा हेर्न नभ्याइने

काठमाडौं : कैलालीको टीकापुर घटनामा दोषी पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ। बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण सुनुवाई हुन नसकेको हो । जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी कैद मिनाहा गरेका थिए।१४ वर्ष ९ महिना कैद माफी भएपछि २० वर्ष कैदमा बस्नुपर्ने चौधरी ५ बर्ष ३