मन्त्री-सचिवको विदेश भ्रमण मोह, ४५ दिनमै उड्यो २५ विशिष्ट टोली

बजेट कार्यान्वयनका लागि तीव्र काम गर्नुपर्ने बेलामा मन्त्री र सचिवहरु नै लामबद्ध भएर विदेश यात्रामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार भदौ लागेयता मन्त्रीहरुले मात्रै १६ वटा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वैदेशिक भ्रमण गरिसकेका छन् । विशिष्ट पदािधकारीकोसहित यस्तो भ्रमण संख्या २५ नाघेको छ ।