स्प्राइटमा समर क्याम्पेन

काठमाडौं (अस) । पेय पदार्थ ब्रान्ड कोका–कोलाको उत्पादन स्प्राइटले ‘क्लियर रह’ शीर्षकमा समर क्याम्पेन सुरु गरेको छ । यो अभियानको उद्देश्य युवालाई स्प्राइटका साथ मुख्य क्षणमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले बताएको छ । यो अभियान युवा लक्षित रहेकाले स्प्राइटले तत्काल रिफ्रेसमेन्ट प्रदान गरेर मेन्टल्ली र फिजिकल्ली रूपमा ताजगी बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ । ‘नेपाली युवालाई जोड्ने मुख्य विशेषता इन्डीभिजुआलिटी र सेल्फ–एक्सप्रेसन रहेको छ । स्प्राइटमा यी सबै गुण समाहित छन्  । यस माध्यमबाट युवालाई रिफ्रेस, रिसेट र फोकस रहन प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं’, कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने । यो अभियानको नयाँ टिभिसीमा स्प्राइटको ब्रान्ड एम्बेसेडर अनमोल केसी रहेका छन् । यसमा उनी लामो र तातो गर्मीको दिनपछि आराम गर्दै घर फर्कंदै गरेको देखाइएको छ । यद्यपि, उनको बुबाले बाहिर गएर समय  फालेकामा गाली गर्छन् । अनमोलले त्यसपछि स्प्राइटको चिसो बोतल समातेर चुस्की लिन्छन् र तुरुन्तै रिफ्रेस हुन्छन् । ‘क्लियर रह’ अभियान स्प्राइटको विश्वव्यापी ‘लेट्स बी क्लियर’ को एक हिस्सा हो, जसलाई नेपालका युवामा स्थानीयकरण गरिएको छ । ‘स्प्राइट व्यस्त दिनका लागि रिफ्रेसिङ ड्रिंंक हो । उपभोक्तालाई रिसेट र रिफ्रेस गराउन प्रस्ताव राख्छौं’, बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ।