अख्तियारविरुद्ध जसपाको निरन्तर प्रदर्शन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार पनि जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ।प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले अख्तियारले छापामार शैलीमा छापामारेको भन्दै जसपाको प्रदेश समितिले आज मोटरसाइकल जुलुस प्रदर्शन गरेको हो। प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको आरोप लगाउदै आन्दोलन सुरु गरेको जसपाले जनाएको छ।जनकपुरको स्थानीय रेल्वे स्टेसनबाट नि