भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । मन्त्री भएपश्चात पहिलो पटक विमानस्थल आएका मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्ति सरकारको तर्फबाट कुटनितिक पहल माथिल्लो तहबाट पनि भइरहेको बताए । ‘उच्चस्तरीय वायुसेवा निगमका टोलीहरु पनि कोलम्बोतर्फ यसैका लागि जादै छन्, […]