महाकालीमा नेपालभित्र ५० मिटर तटबन्ध बनाएको भारतसँग मिलेन कुरा, मोडालिटीमै प्रश्न उठाएर हिँड्यो भारतीय सर्वे टोली

काठमाडौं : दार्चुला सदरमुकाम खलंगा क्षेत्रभित्र पर्ने महाकाली नदी किनारको नेपाली भूमिमा भारतले एकतर्फी रुपमा बनाएको तटबन्धको स्थलगत अध्ययन निष्कर्षविहीन बनेको छ। संयुक्त अध्ययन गर्नुपूर्व नै नेपाली नापी कर्मचारीको टोलीले स्थलगत अध्ययन गरेर तटबन्ध निर्माण रोक्नुपर्ने प्रतिवदेन दिएको थियो। हाल नेपाल र भारतको संयुक्त नापी टोली भने रित्तो हात फर्किएको छ।…