ठेकेदारले पूरा नगरेपछि युवा जुटे सडक बनाउन

दाङ :  तुलसीपुर, घोराही  हुँदै लमही सडकखण्डमा यात्रा गर्ने यात्रुले निकै सास्ती भोग्दै आएका छन्। तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही हुँदै लमही सडकखण्ड अन्तर्गत  कुइरेपानीसम्म स्तरोन्नति गर्ने भन्दै ठेकेदारले सडक अलपत्र पारेपछि यात्रु निकै कष्टकर यात्रा गर्न बाध्य छन्। कुइरेपानीदेखि तुलसीपुरसम्म  २८.१९ किलोमिटर सडक कतै चार लेन र कतै दुई लेनमा स्तरोन्नति  गर्न भन्दै  सन् २०१९ जनवरी २८ मा शुरुमा सम्झौता भएको थियो।  तीनपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति ...