काठमाडौँ- मिटर ब्याज पीडितहरुको आन्दोलनमा सहभागी हुन काठमाडौँ आएका करिब २ हजार पीडितहरु शुक्रबार गाउँ फर्केका छन्। उनीहरु मिटर ब्याजी साहुबाट पीडित भएपछि आन्दोलनका लागि तीन महिनाअघि काठमाडौँ आएका थिए। मिटर ब्याज पीडितहरुको आन्दोलनका प्रवक्ता निर्ग नवीनका अनुसार मिटर ब्याजसम्बन्धी कानुन आएकाले थप आन्दोलनका लागि करिब ५० जना काठमाडौँमा बसेर बाँकी सबै गाउँ फर्किएका हुन्। […]