सवारी दुर्घटनामा युवा समाजसेवीको मृत्यु

सवारी दुर्घटनामा रौतहटमा एकजना युवा समाजसेवीको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका युवक सोनालाल चौधरीको दुर्घटनामा मृत्यु भएको हो।...

सम्बन्धित सामग्री

भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना

काठमाडौं, पुस ३ । उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टका अनुसार साउनदेखि मंसिर महिनाको अवधिमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका […]

स्याङ्जामा २७ सवारी दुर्घटना, ४० को मृत्यु

काठमाडौँ,११ साउन । एक वर्षको अवधिमा स्याङ्जामा भएका २७ सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा स्याङ्जाका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४० जनाले अकालमै ज्यान गुमाएका हुन् । सवारी दुर्घटनामा परी १७ पुरुष, १८ महिला, चार बालक र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर […]

सवारी दुर्घटनामा मधेशमा एक वर्षमा ५८५ को मृत्यु

जनकपुरधाम : मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर एक वर्षमै ५८५ जनाको मृत्यु भएको छ।आर्थिक वर्ष २०७८।७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाले आफ्नो ज्यान गुमाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।ज्यान गुमाउनेहरूमध्ये ४४८ जना पुरुष, ८१ जना महिला, ४२ बालक र १४ बालिका छन्। त्यस्तै दुर्घटनामा परेर ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका र गत आवमा दुर्घटनामा परेर ९ हजार ४६४ जना घाइते भएका थिए। तीमध्ये ६ हजार ६३४ जना पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका घ

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकमा भएको सवारी दुर्घटनामा ५० वर्षीय तुलसी पाठकको  मृत्यु भएको हो ।लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडाैँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चितवनमा बुधबार बिहान तथा धनकुटा र सप्तरीमा गएराति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हाे। चितवनको इच्छाकामाना गाउँपालिका-४ पृथ्वी राजमार्गको धारापानीमा सवारी साधनको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृतकको नाम, थर, ठेगाना खुलेको […]

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना भएका छन्।संखुवासभाको चैनपुर नगरपालिका-११ गहतेस्थित सडकमा को.२ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ मिटर तल खोल्सामा झरेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो।यस्तै, सल्यानक

प्रदेश २ मा सवारी दुर्घटनामा परी १० दिनको अवधिमा १४ जनाको मृत्यु

११ असोज, जनकपुरधाम । पछिल्लो १० दिनमा प्रदेश २ मा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । असोज १ गतेदेखि १० गतेसम्म १४५ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा दुर्घटनामा सबैभन्दा बढी मृत्यु सिरहामा भएको छ । यस अवधिमा सिरहामा ६ जनाको सवारी दुर्घटनामा […]

धनुषामा सवारी दुर्घटना हुँदा एक जना मृत्यु

धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा आज बिहान सवारी दुर्घटनामा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । दुर्घटनामा परी घाइते यादवकोे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ […]

बैतडी : सवारी दुर्घटनामा एक वर्षभित्र ३४ जनाको मृत्यु

बैतडी : सवारी दुर्घटनामा बैतडीमा गत आर्थिक वर्षमा ३४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न राजमार्ग र ग्रामिण कच्ची सडकमा भएका सवारी दुर्घटनामा परी एक वर्षमा ३४ जनाले ज्यान गुमाएका हुन्।१४ वटा सवारी दुर्घटनामध्ये ११ वटा कच्ची सडकमा भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, ‘ग्रामीण कच्ची सडकहरू गुणस्तरीय नहुनु, मोडहरूमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायत कारणले सवारी दुर्घटना बढ्दै गएको देखिन्छ।’गत आर्थिक वर्षको कार्तिक महिनामा

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाअनुसार रुपन्देही, रौतहट, झापा र मकवानपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। रुपन्देहीको कंचन गाउँपालिका-४ थकाली चोक, रौतहको गुजरा नगरपालिका-६ बेदौलीनगर, झापाको मेचीनगर नगरपालिका-१० टिकापुर र मकवानपुरको भिमफेदी गाउँपालिका-३ कैलाश डाँडा ऐनाभिरमा सवारी दुर्घटना भएका हुन्।