छिमेकी मुलुकहरूले नाकाबन्दी घोषणा गरेको एक महिनापछि सरकारी अधिकारीहरूले कतारको अवस्था अध्ययन गर्न थालेका छन्। झन्डै चार लाख नेपाली कार्यरत रहेको देशमा नाकाबन्दीले पारेको असर बुझ्न सरकारी टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ।
२५ असोज, काठमाडौं । मंगलबार नेपाल र युरोपेली मुलुक जर्मनीबीच श्रम सम्झौता भयो । त्यसअघि अघिल्लो शुक्रबार नेपाल र रोमानियाबीच श्रम सम्झौता भएको थियो । यी दुवै मुलुकसँग श्रम सम्झौता गर्न गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको सरकारी टोली अझै युरोप भ्रमणमा छ । मलेसिया र खाडी मुलुकमा केन्द्रित नेपालको श्रम गन्तव्यलाई तुलनात्मक रुपमा […]
नेपालबाट आएको सरकारी चिकित्सकहरुसहितको टोलीले मलेसियामा नेपालीहरुको मृत्यु हुनुका कारणबारे मंगलबार यहाँ क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । कामदारको स्वास्थ्य समस्या बुझ्न पहिलोपटक मलेसिया आएको टोलीले नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, नेपाली व्यवसायी समाजलगायत नेपाली संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र श्रमिकहरुसँग यसबारे जानकारी लिएको हो ।